
काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आइतबारबाट कतारमा सुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक कतारले लेटिन अमेरिकी प्रतिद्धन्दी इक्वेडरसँग खेल्दै छ ।
नेपाली समयअनुसार खेल पौने १० बजे सुरु भएको छ । त्यसअघि ६० हजार दर्शक क्षमताको अल बायत रंगशालामा भव्य उद्घाटन समारोह आयोजना भएको छ ।
यस पटकको विश्वकपलाई ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने अन्तिम प्रतियोगिताको रुपमा हेरिएको छ । यसपछि सन् २०२६ मा हुने विश्वकप फुटबलमा ४८ देशले प्रतिस्पर्धा गर्दै छन् । विश्वकपमा सहभागि टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन्भने समूह ‘बी’ मा इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् । यसैगरि समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड, समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया, समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह ‘जी’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन तथा समूह ‘एच’ मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् । कतार विश्वकपको फाइनल खेल डिसेम्बर १८ तारिखमा हुने छ ।
प्रतिक्रिया दिनुहोस्