
स्याङ्जा । स्याङ्जामा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ५८ प्रतिशत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार करिब ५८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । स्याङ्जा क्षेत्र नम्बर १ मा मतदानस्थलबाट मतपेटिका संकलन गरि गणनास्थल सदरमुकाम पुतलीबजार र क्षेत्र नम्बर २ का सम्पूर्ण मतदानस्थलबाट वालिङ नगरपालिकामा ल्याउने क्रम जारी छ ।
जिल्लामा १९९ मतदान स्थल र ३ सय २१ मतदान केन्द्रमा दुई हजार ५ सय ५० कर्मचारी खटिने निर्वाचन आयोग स्याङ्जाले जनाएको छ ।जिल्लामा दुई लाख ४४ हजार ८९ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
ति मध्ये १ लाख २४ हजार ७७८ महिला, १ लाख १९ हजार ३१० पुरुष र १ अन्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्