२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इलाममा ११५ वर्षीय वृद्धबाट मतदान


104
Shares

काठमाडौं । इलाममा ११५ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गर्नुभएको हो ।

फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उहाँको नागरिकतामा जन्म मिति वि.सं १९६४ लेखिएको छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा उहाँको जन्म भएको हो ।