४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


ललितपुर २ र ३ को मतगणना जारी


416
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ र ३ मा मतगणना जारी रहेकाे छ ।

ललितपुर क्षेत्र नम्बर २ काे मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भइरहेकाे छ । ललितपुर-२ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । ललितपुर-२ मा जारी मतगणनामा आज साेमबार बिहानसम्म नेकपा एमालेकाे १ हजार ३ सय १७, स्वतन्त्रकाे ८ सय ९७, नेकपा एकीकृत समाजवादीकाे ७ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीकाे ६ सय ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीकाे ३ सय ९० मत रहेकाे छ ।

त्यस्तै, ललितपुर क्षेत्र नम्बर ३ को मतगणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेकाे छ । क्षेत्र नम्बर३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की लगायत प्रतिस्पर्धामा रहेका छन्