१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जाका केही स्थानमा पुनः मतदान गर्न आयोगमा निवेदन


117
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ ।

चापाकोट नगरपालिकाका-३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा प्रतिनिधिले पुनः मतदानका लागि निवेदन दिएका हुन् । चापाकोटको वडा नम्बर ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे-४ को राममन्दिर माध्यमिक विद्यालय दार्सिङ र ५ को जनसक्रिय माध्यमिक विद्यालय चिदीपोखरीका मतदान केन्द्रमा पुनः मतदानका लागि निवेदन दिइएको निर्वाचन अधिकृतको कार्यालय वालिङले जनाएको छ ।

साेही मतदान केन्द्रहरूमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले बुथ कब्जामा लिई सबै मतदाताको नाममा मतदान गरेको दावी गर्दै पुनः मतदान गराउन एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा सदस्यका डा. बुद्धिमान श्रेष्ठ र प्रदेश (ख) का प्रतिनिधि यामकान्त खनालले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।