१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्ताङमा काँग्रेसका उम्मेदवारको अग्रता


2.002k
Shares

मुस्ताङ । मुस्ताङमा आईतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ ।

प्रारम्भिक मतगणनामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् । १ हजार ९ सय २२ मत गणना हुँदा नेपाली काँग्रेसका योगेश गौचनले १ हजार ६८ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले ८०७ मत ल्याउनु भएको छ ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

मुस्ताङमा प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश तर्फ दुई निर्वाचन क्षे त्ररहेका छन् ।