१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुरमा काँग्रेसका दुर्लभ थापा अगाडि,पछ्याउँदै एमालेका बस्नेत


4.264k
Shares

भक्तपुर । भक्तपुरको क्षेत्र नम्बर–२ को प्रतिनिधि र प्रदेश सभाको आईतबार सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ ।

प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका दुर्लभ थापाले शुरुवाती अग्रता कायम गर्नु भएको छ । थापाले २ हजार २३० मत सहित अग्रता लिइरहनु भएको छ । त्यस्तै नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहहनु भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन बिकले ४२४ मत ल्याउनु भएको छ । राप्रपाका मोहन केसीलाई १२३ मत प्राप्त भएको छ । भक्तपुरमा दुइ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभातर्फ चारवटा क्षेत्र रहेका छन् ।