१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा पनि मतगणना जारी


195
Shares

अर्घाखाँची । अर्घाखाँचीमा आइतबार सम्पन्न भएकाे निर्वाचनकाे मतगणना कार्य सुरु भएकाे छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा साेमबार बिहान ८ बजेबाट मतगणना गर्न सुरु भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको हाे ।

कुल ५४ प्रतिशत मत खसेको क्षेत्रमा ९७ मतदान स्थल र २ सय ३ मतदान केन्द्र मध्ये प्रदेश सभाको मतपत्र प्रतिनिधि सभा सदस्यको मतपेटिकामा परेपछि विवाद भएर स्थगित भएको मालारानी-३ आदर्श मावि मतदान केन्द्रमा पुन: मतदान गराएर आइतबार राति १० बजे सम्पन्न भएकाले बिहान ८ बजेबाट मतगणना गर्न सुरु भएकाे छ ।

यहाँ गठबन्धनकी उम्मेदवार तथा कांग्रेस केन्द्रीय सस्य पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा रहेकाे छ ।