
ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– ३ को मतगणना शुरु भएको छ ।
प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका अमृत खड्काले शुरुवाती अग्रता लिनु भएको छ । १ हजार मत गन्दा खड्कालाई ४९७ मत आएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मत ल्याउनु भएको छ । त्यस्तै नेकपामाओवादीकि उम्मेदवार एवं उर्जा मन्त्री पम्फा भुसालले १०९ मत प्राप्त गर्नु भएको छ ।
ललितपुरमा प्रतिनिभि सभा तर्फ ३ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभा तर्फ ६ वटा क्षेत्र रहेका छन् । प्रदेश तर्फको मतगणना भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्