१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपुरकाे देवचुलीमा रोकिएको मतदान जारी


117
Shares

नवलपुर । नवलपुरकाे देवचुली नगरपालिकामा मतपेटिका जलाइदिएपछि रोकिएको मतदान पुन: सुरु भएको छ ।

आज सोमबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रोकिएको थियो ।

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेश सभाको समानुपातिक तर्फका लागि मात्र मतदान गराइएको हो । मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

सोमबार बिहान १० बजेदेखि क्षेत्र नम्बर १ को मतगणना देवचुलीको मतदान सकिएको २ घण्टाभित्र गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।