६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


स्याङ्जा–२ मा पुनः मतदानको माग गर्दै संयुक्त पत्रकार सम्मेलन


3.354k
Shares

स्याङ्जा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचनमा धाँदलिका भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरिएकाे छ।

सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी गठन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

निवेदनमा कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको उल्लेख छ ।

स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथमा सत्ता गठबन्धनको नेपाली कांग्रेसले एकलौटी

कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।

नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिएका हुन् ।

चापाकोट नगरपालिकाका ४ वटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ । यता निर्वाचन कार्यलय वालिङ्ले भन्ने सर्वदलीय बैठक राखेको छ।