
स्याङ्जा । स्याङ्जाको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग राख्दै स्याङ्जा निर्वाचन कार्यलय अगाडि विरोध भएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा चापाकोट नगरपालिका ३, ४, ५ रहेको ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको नेकपा एमालेले आरोप लगाएको छ ।
निर्वाचन कार्यलय अगाडि भएको विरोधमा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपा लगायतका नेता कार्यकर्ता सहभागी रहेका छन् ।
निर्वाचन कार्यलयभित्र सर्वदलीय बैठक चलिरहेको छ । सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्