
पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा दिउँसो सवाँ ४ बजेबाट मतगणना सुरु भएको हो ।
जिल्लामा १ प्रतिनिधि सभा र २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार २ सय ७३ मत खसेका छन् ।
मतगणना कार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली तर्फको जलजला गाउँपालिका भोटेडाँडा केन्द्र र पैञ्यु गाउँपालिकाको टकलाक क केन्द्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुस।र १ लाख २२ हजार ६ सय ४९ जना मतदाता छन् । यो निर्वाचनमा ५४ प्रतिशत मात्रै मत खसेको कार्यालयले जनाएको छ । पर्वतमा सत्तारुढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार मैदानमा छन् ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १२ जना, प्रदेश नं. १ तर्फ ९ र प्रदेश नं. २ तर्फ ७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
विशेष गरी पर्वतमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरी बीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ भने प्रदेश सभा सदस्य १ मा नेकपा एमालेका भक्त कुँवर र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुदिप कुँवर बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्य २ तर्फ नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्याल र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारी बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्