
फाइल तस्बिर
झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतगणानाको शुरुवाती चरणमै अग्रता कायम गर्नुभएको छ ।
४ सय मत गणाना हुँदा महामन्त्री शर्माले २१७ मत प्राप्त गर्नुभयो ।
यता नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेलले १०३ मत प्राप्त गर्नुभएको छ ।
झापा १ मा एक लाख २० हजार ३ सय ७५ मतदाता रहेकोमा ८७ हजार ३ सय ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभयो ।
यो निर्वाचन क्षेत्रमा ७२ दशमलब ६० प्रतिशत मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्