२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा एमालेका रायमाझीको अग्रता कायमै


3.068k
Shares

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको ३ हजार ८ सय ६९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिनुभएको छ ।

नेकपा एमालेका सचिव समेत रहका रायमाझीको २ हजार २ सय मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी पुष्पा भुसालले १४ सय ४० मत प्राप्त गरेर पछ्याइरहनु भएको छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसालले ९९ मत प्राप्त गर्नुभएको हो ।

यस्तै, २ वटा प्रदेश सभा अन्तर्गत प्रदेश (क)मा ३ हजार १ सय ८१ मतगणना हुँदा नेकपा एमाले चेतनारायण आचार्यले १ हजार ८सय ३ र राष्ट्रिय जनमोर्चाका सागर केसी ले १ हजार २ सय २५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रदेश सभा (ख)मा ३ हजार २ सय ६९ मतगणना हुँदा कांग्रेसका कमल प्रसाद भुसाले १६ सय ३९ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका रामजी प्रसाद घिमिरेले १४ सय ३२ मत प्राप्त गर्नुभएको छ ।