१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानमाथि इंग्ल्याण्डको जित


1.105k
Shares

काठमाडौं । इंग्ल्याण्डले कतार विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सोमबार इरानमाथि ६–२ गोलको सानदार जित निकाल्दै इंग्ल्याण्डले सुखद सुरुवात गरेको हो ।

इंग्ल्याण्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे ।

इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए । इंग्ल्यान्ड पहिलो हाफमै ३–० ले अघि रहेको थियो ।

त्यसपछि दास्रो हाफमा अर्को ३ गोल थप्यो । ६५ औं मिनेटमा तारेमीले गोल गर्दै इरानलाई १ गोल दिलाएका थिए । खेलको इन्जुरी समयमा उनैले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि इंग्ल्यान्ड ६–२ ले विजयी भयो ।