
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।
मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । उहाँले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गर्नुभएको हो ।
यस्तै, मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी हुुनुभएको छ । मुस्ताङ प्रदेश २ बाट कांग्रेशकै बिकल शेरचन निर्वाचित हुनुभएको छ । यस्तै, मनाङको प्रदेश १ मा कांग्रेसकै मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्