२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलाली-३ मा नागरिक उनमुक्ति पार्टीकाे अग्रता 


52
Shares

कैलाली । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि रहेका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ३९ हजार २ सय ९४ मत गणना भएको छ । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २ हजार ६ सय ९६ मतले अगाडि हुनुभएकाे छ ।

नागरिक उनमुक्तिका उम्मेदवार चौधरीको १३ हजार ८ सय ५८, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको ११ हजार १ सय ६२, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ६ हजार ९ सय २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ५ हजार ९ सय ६१ मत रहेकाे छ।

उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नेकपा एमालेका परेकबहादुर रावल, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्य चुनावी मैदानमा रहेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार रहेका छन्।