
काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका सदस्य उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता कायम गर्नुभएकाे छ ।
काभ्रे-२ मा हुमागाइले ५ हजार ३ सय ८५ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । पूर्वमन्त्री समेत रहनुभएका नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले ४ हजार ४ सय मत प्राप्त गर्दै हुमागाईलाई पछ्याई रहनुभएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ९ सय ५० मत प्राप्त गर्नुभएकाे छ ।
काभ्रेकाे बेथानचोक नेपाली कांग्रेसको पकड क्षेत्रकाे रुपमा मानिन्छ । अहिले बेथानचोक गाउँपालिका १-५ को मतगणना सकिएकाे छ । साथै बनेपानगरपालिका १-२ काे मतगणना पनि सकिएकाे छ ।
उता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा भने मंगलबार बिहान ७:३० बजेबाट मतगणना कार्य सुरु भएकाे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्