
बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।
६ हजार सय १६ मत गणना हुँदा भण्डारीले ३ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभएकाे हाे । उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) ले २ हजार ६ सय ७३ मतका साथ पछ्याइरहनुभएको छ ।
प्रदेश सभा क्षेत्र नम्बर (१) मा ७ हजार ३ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पालले २ हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले २ हजार १ सय ६३ मत पाउनुभएको छ । यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर विष्टले १ हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
बैतडी प्रदेश सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले पहिलो पटक अग्रता लिएको छ । ६ हजार ७ सय ४९ मत गणना हुँदा कांग्रेसका उम्मेदवार शिवराज भट्टले ३ हजार ६६ मत प्राप्त गरेर अग्रता लिनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लिलाधर भट्टले ३ हजार ४५ मत प्राप्त गर्नुभएकाे छ ।
बैतडीमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्