
डडेल्धुरा । डडेल्धुरमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री समेत रहनु भएका शेरबहादुर देउवाले मतगणनामा अग्रता कायमै राख्नु भएको छ ।
एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा १९ हजार ५९६ मतगणना हुँदा काँग्रेसका उम्मेदवार देउवाले ९ हजार ७७३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनु भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत ल्याउनु भएको छ ।
त्यसैगरी नेकपा एमालेको समेत समर्थन प्राप्त गर्नु भएका नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले २ हजार ६९४ मत ल्याउनु भएको छ । गत आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतगणना धमाधम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्