
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।
उक्त क्षेत्रबाट पार्टीका गंगाराम चौधरीले जित हात पार्दै प्रतिनिधिसभा सदस्यमा खाता खोल्नु भएकाे हाे ।
उहाँले २३ हजार १२० मतसहित विजयी हुनुभएकाे हाे ।
नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित हुनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्