
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाई गरेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबियामा हुने त्रिदेशीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाई गरिएको हो ।
नामिबिया जानु अघि नेपाली टोली भारत जाने छ । भारतमा नेपाली टोलीले एक साता तयारी गर्ने छ ।
सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुने छ । सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेका छन् । सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले २० खेलमा १७ अंक जोडेको छ । नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्