२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


फिफा विश्वकप फुटबल : पहिलो खेलमै साउदीसँग हार्‍या‍े अर्जेन्टिना


3.289k
Shares

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको हार व्यहोरेको हाे ।

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो। त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।