२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडी : संघमा एमाले र प्रदेशमा कांग्रेस अगाडि


1.781k
Shares

बैतडी । प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ क्षेत्र रहेको बैतडीमा पनि मतगणना जारी रहेको छ ।

प्रतिनिधि सभामा एमाले र प्रदेश सभामा कांग्रेसले मतान्तर बढाउँदै लगेको छ ।

प्रतिनिधि सभामा १२ हजार १८१ मत गणना हुँदा १ हजार ७१ मतले नेकपा एमालेका दामोदर भण्डारी अग्रस्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । भण्डारीले ५ हजार ९ सय १४ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले ४ हजार ८ सय ४३ मतका साथ पछ्याइरहनुभएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर ( १) मा १३ हजार ७ सय २२ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले ५ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ । उहाँको पछिपछि स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ३ हजार ४ सय ९६ मत प्राप्त गर्नुभएको छ । यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले २ हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर (२) मा नेपाली कांग्रेसले अग्रता बढाउँदै गएको छ । १३ हजार २ सय ४९ मत गणना हुँदा कांग्रेसका शिवराज भट्टले ८ सय २ मतका साथ अग्रता लिनुभएको हो । भट्टले ६ हजार ३ सय ८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टले ५ हजार ५ सय ८३ मत ल्याउनुभएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२.२२ प्रतिशत मत खसेको थियो । यहाँ १ लाख ५० हजार एकसय ५६ मतदाता रहेकामा ७८ हजार ४ सय १६ मत मात्रै खसेको थिए ।