
ओखलढुंगा । १ प्रतिनिधि सभा र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा सत्तारुढ गठबन्धनले अग्रता कायमै राखेको छ ।
पछिल्लो तथ्यांक अनुसार प्रतिनिधि सभामा कांग्रेसका रामहरि खतिवडा एमालेका यज्ञराज सुनुवारभन्दा ३ सय ३३ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
खतिवडाले ६ हजार ४ सय ८४ मत प्राप्त गर्नुएभएको छ भने सुनुवारले ६ हजार १ सय ५१ मत प्राप्त गर्नुभएको छ ।
ओखलढुंगामा हालसम्म प्रतिनिधि सभामा लिखु र खिजीदेम्बाको मतगणना सकिएको छ । मोलुङको अहिले भइरहेको छ । प्रदेश सभा १ मा कांग्रेसका प्रदीपकुमार सुनुवार एमालेका अम्बिरबाबु गुरुङभन्दा १ हजार ५ सय मतान्तरले अगाडि हुनुहुन्छ । सुनुवारले १० हजार ९ सय ९० मत र सुनुवारले ९ हजार ४ सय ९० मत प्राप्त गर्नुभएको छ । यो निर्वाचन क्षेत्रमा सिद्धिचरण नगरपालिकाको मत गणनापछि अन्तिम मतपरिणाम आउँदैछ ।
यस्तै, प्रदेश सभा २ माओवादी केन्द्रका बाबुराम गौतमले एमालेका ज्ञानबहादुर खड्कालाई ३ सय १८ मतले पछि पार्नुभएको छ । गौतमले ९ हजार ६ सय ४२ मत र खड्काले ९ हजार ३ सय २४ मत पाउनुभएको छ । यो प्रदेमा मानेभञ्ज्याङ गाउँपालिका र चम्पादेवी गाउँपालिकाका केही वडामा मतगणना बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्