
हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ मा १६ हजार ८०० मतगणना हुँदा गठबन्धनका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५७८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी दोस्रोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ५ हजार ११५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी क्षेत्र नं २ मा १८ हजार २९७ मतगणना हुँदा एमालेका महेश बर्तौलाले ७ हजार १७० मत प्राप्त गरि अग्रता लिइरहनु भएको छ। यसैगरी पाँच दलिय गठबन्धनका एकीकृत समाजवादीका बिरोध खतिवडाले ६ हजार ९४६ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले २ हजार ४७९ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्