१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा रायमाझीको अगता कायम


26
Shares

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको २८ हजार ७ सय ६७ गणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले सुरुदेखि अग्रहता कायम राख्नुभएको छ ।

नेकपा एमालेका सचिव समेत रहका रायमाझीको १४ हजार ४ सय ३३मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेपाली कांग्रेसकी पुष्पा भुसालले १२ हजार २सय ८५ मत प्राप्त गरेर पछ्याइरहनुभएको छ । यता , ाष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसालले १ हजार ८ मत प्राप्त गर्नुभएको हो ।

६ वटा पालिका रहेको जिल्लामा हालसम्म २ पालिकाको मतगणना सकिएको छ । जसमध्ये भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ, भने सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाको मतगणना हुन बाँकी छ । मंसिर ४ गते भएको मतदानमा ८९ हजार ५ सय ३१ मत खसेको थियो ।

यस्तै, २ वटा प्रदेश सभा अन्तर्गत प्रदेश (क)मा नेकपा एमाले चेतनारायण आचार्यले ९ हजार ३सय ३३ र राष्ट्रिय जनमोर्चाका सागर केसी ले ८ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको छ । यस्तै, प्रदेश सभा (ख)मा कांग्रेसका कमल प्रसाद भुसाले ९ हजार ९ सय ८ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका रामजीप्रसाद घिमिरेले ९ हजार ९ सय २ मत प्राप्त गर्नुभएको हो ।