५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


म्याग्दी २ मा गठबन्धनबाट रेशम जुग्जाली विजयी


3.978k
Shares

म्याग्दी । म्याग्दीको प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ ।

जुग्जालीले उहाँका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

जुग्जालीले ९ हजार ४५४ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिद्धन्द्धी एमालेका गर्बुजाले ९ हजार ३५३ मत प्राप्त गर्नुभएको छ ।