२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ईश्वर पोखरेलले दिए प्रदिप पौडेललाई बधाई


58.188k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रदिप पौडेललाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् पोखरेलले काठमाडौं ५ मा निर्वाचित पौडेललाई बधाई दिनुभएको छ ।

‘काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन परिणाम भर्खरै सार्वजनिक भएको छ र श्री प्रदीप पौडेलजी विजयी बन्नुभएको अनौपचारिक घोषणा गरिएको छ । यस अवसरमा उहाँलाई बधाई भन्न चाहान्छु,’ पोखरेलले लेख्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत निरन्तर देश हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।