१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा एमालेकाे अग्रता कायमै


299
Shares

बझाङ । बझाङमा प्रतिनिधि सभा सदस्यका नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरले अग्रता कायम गर्नुभएकाे छ ।

बुधबार बिहानसम्म महरले १० हजार ९ सय ७६ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार भानुभक्त जोशिले १० हजार ४ सय ६२ मत प्राप्त गरेर पछ्याइरहनुभएकाे छ । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर जाग्रीले ७५ प्राप्त गर्नुभएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विश्व प्रकाश जेठाराले ४ सय १७ प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रेमराज जोशिले २ सय १५ प्राप्त गर्नुभएकाे छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डम्मर बहादसर खड्काले ८५ प्राप्त गर्नुभएकाे छ । अर्का स्वतन्त्र उम्मेदवार रामचन्द्र रानाले २ सय ४१ प्राप्त गर्नुभएकाे छ ।

यहाँ कुल १ हजार ४ सय १२ बदर मत भएकाे छ । २२ हजार ४ सय ७१ सदर मत रहेकाे छ । यहाँ २३ हजार ८ सय ८३ मत खसेको थियाे ।