
कैलाली । अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी हुनुभएकाे छ ।
आज बुधबार बिहान कुँवर १९ हजार ५ सय ३४ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाले १५ हजार ४५ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।
स्वतन्त्र उम्मेदवार राजन कुँवरले भने ४ हजार ३ सय ९२ मत प्राप्त गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्