२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री देउवा सातौं पटक विजयी


1.157k
Shares

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा डडेल्धुराबाट निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५ सय ५४ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउनु भएको छ । देउवाका पूर्व सहयोगी तथा नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्ण बहादुर मल्लले ७ हजार ५३५ मत पाउनु भएको छ ।

देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिनु भएको छ ।

प्रतिनिधि सभा सदस्य तर्फको मतगणना गर्दा डडेल्धुरामा ३ हजार १ सय ८७ मत बदर भएको छ ।