२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओखलढुंगा प्रदेशसभा २ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी


260
Shares

ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम विजयी हुनुभएको छ । उहाँ एमालेका ज्ञानबहादुर खड्कासँग १ हजार ९६ फराकिलो मतान्तरसहित विजयी हुनु भएको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका गौतमले १५ हजार ७ सय ३८ मत प्राप्त गर्नु भएको छ । यस्तै खड्काले १४ हजार ६ सय ४२ मत प्राप्त गर्नु भयो ।