८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुली-२ को प्रदेशसभा १ र २ मा गठबन्धनका उम्मेदवार विजयी


117
Shares

सिन्धुली । दुई प्रतिनिधि सभा र चार प्रदेशसभा क्षेत्र रहेकोे सिन्धुलीको दुई प्रदेशसभा क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

बुधबार बिहान सिन्धुलीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २ मा गठबन्धनका उम्मेदवारहरु क्षेत्र बहादुर बम्जन र गंगा नारायण श्रेष्ठ विजयी भएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका क्षेत्र बहादुर बम्जनले १६ हजार ८ सय ३५ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोदकुमार खडकाले ११ हजार ६ सय ३३ मत प्राप्त गरेकाे पराजित हुनुभएकाे हाे ।

त्यसैगरी क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्नुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पक्षका गंगा नारायण श्रेष्ठले १३ हजार १ मत प्राप्त गरी विजयी हुनुभएकाे छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामकुमार पौडेलले ९ हजार ७ सय ८९ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।

अहिले सिन्धुली जिल्लाको प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रको मतगणना जारी रहेको छ ।