२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


फ्रान्सको विजयी सुरूवात


1.196k
Shares

काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरूवात गरेको छ ।

मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४–१ को जित निकाल्दै फ्रान्सले विजयी सुरूवात गरेको हो ।

फ्रान्सका लागि ओलिभर जेरुडले दुई तथा एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । अष्ट्रेलियाका लागि क्रेग गुडविनले एक गोल गरे ।

खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १–१ को बराबरीमा ल्याए । ३२ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ ले अघि बढाए । त्यसपछि ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४–१ को सहज जित दिलाए ।

समूह ‘डी’ को अर्काे खेलमा डेनमार्क र ट्युनिसिया गोलरहित बराबरीमा रोकिएका थिए ।