१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रे-२ मा कांग्रेसका हुमागाई र एमालेका बास्कोटाबीच कडा प्रतिस्पर्धा


663
Shares

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका सदस्य उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता कायम गर्नुभएको छ ।

बुधबार बिहानसम्म काभ्रे-२ मा हुमागाइले १२ हजार १ सय ९१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । पूर्वमन्त्री समेत रहनुभएका नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले ११ हजार ६ सय ८२ मत प्राप्त गर्दै हुमागाईलाई पछ्याई रहनुभएको छ । हुमागाई र बास्कोटाबीच ५ सय ९ मतान्तर रहेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ४ हजार ४ सय ४३ मत प्राप्त गर्नुभएको छ ।