२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कतार विश्वकप : आज चार खेल हुँदै


2.99k
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् ।

दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो खेलमा समूह ‘ई’ मा रहेका जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा समूह ‘ई’ मा रहेका स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै बुधबार हुने चौथो खेलमा समूह ‘एफ’ मा रहेका बेल्जियम र क्यानडाबीच राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ ।