
काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करण मा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला शीर्ष १० मा पुग्न सफल भएकी छिन् ।
मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा उनी यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी हुन् ।
एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरूले मत दिएको कारण उनी १० औं स्थान भित्र पर्न सफल भइन् ।
परिजिताले बेलायती गायिका अडेलको अल आई आस्क नामक गीत प्रस्तुत गरेकी थिइन् ।
सोमबार भर्जिनियाको स्यानटिली सहरमा उनलाई हौसला दिन र मतदान त्यही गर्न नेपाली समुदायहरू भेला भएका थिए । उनी ‘द भ्वाइस’ मा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।
प्रतिक्रिया दिनुहोस्