१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काभ्रे-१ काे प्रतिनिधि र प्रदेश सभामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर


507
Shares

काभ्रे । काभ्रे क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ लालध्वजले अग्रता कायम गर्नुभएको छ ।

बुधबार बिहानसम्म लालध्वजले ४ हजार ९ सय ५१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ४ हजार ८ सय ५० मत प्राप्त गर्दै पछ्याइरहनुभएकाे छ । माओवादीका लालध्वज र एमालेका लामाबीच १ सय १ मतान्तर रहेकाे छ ।

त्यस्तै, काभ्रे-१ काे प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालले ६ हजार ५६ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दिलिप तामाङ ४ हजार ६ सय ३० मत प्राप्त गरेर पछ्याइरहनुभएकाे छ । ढकाल र तामाङबीच १ हजार २६ मतान्तर रहेकाे छ ।

त्यस्तै, काभ्रे-१ काे नै प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामाले ६ हजार ३ सय २ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चन्द्र लामाले ४ हजार ९ सय १६ मत प्राप्त गर्दै पछ्याइरहनुभएकाे छ।