
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सयले घटेर ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य बुधबार ५ रूपैयाँले घटेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्