६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धादिङ-१ प्रतिनिधि सभामा समाजवादीका पाण्डे र एमालेका त्रिपाठीबीच कडा प्रतिस्पर्धा


585
Shares

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे अग्रता कायम गर्नुभएकाे छ ।

आज बुधबार ३६ हजार ४३ मत गणना हुँदा समाजवादीका उम्मेदवार पाण्डे १५ हजार १४ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले १३ हजार ७ सय ४ मत प्राप्त गर्दै पछ्याइरहनुभएकाे छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले ५ हजार ३ सय ६७ मत प्राप्त गर्नुभएकाे छ ।

धादिङ-१ मा अन्य साना दलका उम्मेदवारले भने ७ सय १२ मत प्राप्त गरेका छन् । धादिङ-१ मा १ हजार २ सय ४६ मत बदर भएकाे छ ।