
अर्घाखाँची । अर्घाखाँचीको प्रदेशसभा (१) मा नेकपा (एमाले) का चेतनारायण आचार्य विजयी हुनुभएको छ ।
उहाँले सत्ता गठबन्धन तथा राष्ट्रिय जनमोर्चाका सागर केसीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
आचार्य ७ सय ४० मतान्तरले अग्रता कायम गर्दै विजयी हुनुभएको हो । आचार्यले २० हजार ५ सय १८ मत ल्याउनुभएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी जनमोर्चाका केसीले १९ हजार ७ सय ७८ मत पाउनुभएको हो ।
नेकपा एमालेको केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज समेत रहनुभएका आचार्य २०७४ सालको निर्वाचनमा पनि प्रदेश सभा (१) मा निर्वाचित हुनुभएको थियो ।
उहाँ यस अघि लुम्बिनी प्रदेशको कानुन मन्त्री समेत बन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्