२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


दाङ–२ (१) मा कांग्रेसका खनाल विजयी


273
Shares

घोराही । दाङ क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१) को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ ।

नेकपा (एमाले) का उम्मेदवार बलिभद्र रानाले १४ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् ।

यो प्रदेश सभामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४, १३, १४, १५, १७, १८ र १९ पर्दछन् । उक्त क्षेत्रमा ३७ हजार ८६ मतगणना गरिएको थियो । १ हजार ४ सय ८५ मत बदर भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो ।