
बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ ।
बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले नेकपा एमालेका उम्मेदवार ऐन महर अघि लाग्ने गरेका छन् । केहीबेर अघिको मतगणनामा समाजवादीका उम्मेदवार जोशी १०२ मतले अघि लाग्नु भएको थियो । अहिले फेरि एमालेका महर ११ मतले अघि लाग्नु भएको छ । जोशीले १६ हजार ८४७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार महरले १६ हजार ८५८ मत प्राप्त गर्नुभएको छ । दुबै जनामा मतान्तर ११ रहेको छ ।
राजनीतिमा लागेको हिसावले जोशी महर भन्दा पाका नेता मानिनुहुन्छ । एमालेमा रहँदा दुबै राजनीतिमा लागेको हिसावमा गुरु चेलाका रुपमा थिए । यस्तै प्रदेश सभा तर्फ बझाङमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभाको पनि मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्