
रौतहट । रौतहटको ४ वटै निर्वाचन क्षेत्रको मत गणना जारी रहेको छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सुरुवाती अग्रतालाई फराकिलो मतान्तरले नेकपा एमालेका उम्मेदवार अजय गुप्तालाई पछि पार्नुभएको छ ।
नेपाले १९ हजार ७ सय ८९ मत प्राप्त गर्नुभएको छ भने गुप्ताले १५ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, क्षेत्र नम्बर २ मा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएका किरण साहले १० हजार ६ सय ७२ मत प्राप्तुभएको छ भने काग्रेसका उम्मेदवार फिरदोस आलमले ९ हजार ८ सय २३ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर ३ मा एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका प्रभु साहले ११ हजार ३ सय ७ मत र कांग्रेस त्याग्दै स्वतन्त्र उम्मेदवार बन्नु भएका ओमप्रकाश जयसवालले ९ हजार ७ सय ३ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर ४ मा कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ५ सय ८६ र एमालेका उम्मेदवार उद्धव रेग्मीले १२ हजार ९ सय २५ मत प्राप्त गर्नुभएको छ । मतगणना अझै जारी छ ।
प्रतिक्रिया दिनुहोस्