
काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ८५ जनामा नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार २१ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्