
रौतहट । प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
माओवादीका युवराज भट्टराईले १५ हजार ३६८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अखिलेश चौधरीले १० हजार २८१ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्