
काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी बुधबार पनि जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से करिब ८ अंकले झरेर १९ सय २१ मा आएर थामियो । कारोबार थप खुम्चिएर अर्बमा सीमित भयो । उत्पादनमूलक र व्यापार समूह बाहेक अरु समूह रातो रहे । दुवै बीमा समूह २४ अंकले झर्दा बाँकी सामान्य अंकले ओरालो लागेका हुन् । उत्पादनमूलक समूह भने ४० अंकले उकालो लाग्यो ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको २८ लाख ४० हजार कित्ता शेयर जम्मा १ अर्ब २ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय २४ कम्पनीको मूल्य घट्दा जम्मा ५७ को बढ्यो । घटेको बजारमा पनि सिभिल बैंक र घलेम्दी हाइड्रोका शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
प्रतिक्रिया दिनुहोस्