२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


नवलपरासी-२ ‘क’मा स्वतन्त्र उम्मेदवार विजयी


2.301k
Shares

परासी । गठबन्धका उम्मेदवारको जमानत जफत गराउँदै नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. २ ‘क’ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चिनक कुर्मीलाई १० हजार ४२० को फराकिलो मतान्तरले पछि पार्दै स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवारलाई छैठौं स्थानमा पर्नुभएको छ ।

बस्नेतले १२ हजार ४४९ ल्याउँदा गठबन्धनका उम्मेदवार कुर्मीले २ हजार २९ मत प्राप्त गनुएभएको छ । बस्नेतले प्रतिद्धन्द्धी राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७१ मतले पराजित गर्नुभयो । प्रधानले १२ हजार ३७८ मत प्राप्त गर्नुभएको छ ।

विजयी बस्नेतले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी भएर स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । तेस्रोमा एमाले छ । त्यसैगरी चौथों र पाँचौंमा क्रमशः राष्ट्रिय उन्मुक्ति पार्टी र लोसपा रहेको छ ।

कुल ३७ हजार ९५२ मत खसेको प्रदेशसभामा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिनुभएको थियो । जमानत जोगाउन सदर मतको १० प्रतिशत आवश्यक छ । तर गठबन्धनका उम्मेदवारको भने उक्त मत पुगेको छैन ।